२०७९ श्रावण १९, बिहीबार ०८:२१ बजे

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेका गोरखा नगरपालिका-२ घर भई हाल बानेश्वरमा बस्‍ने ४६ वर्षीय दिपकचन्द्र आचार्यलाइ प्रहरीले पक्राउ गरेको हो ।



उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका आचार्यमाथि थप अनुसन्धानको लागि प्रहरी वृत गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय