अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण १९, बिहीबार १०:०० बजे

काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.६१ अंकले घटेर बन्द भएको छ । कारोबार सुरू भएकै समयदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक १.७७ प्रतिशतले घटेर रोकिएको हो । यसक्रममा आज नेप्से ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको ८५ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ । आज २१ सय ८६ अंकबाट सुरू भएको नेप्से परिसूचक बन्द हुँदा २१ सय ४८ अंकमा पुगेर बन्द भएको छ ।

परिसूचक घटेको दिन आज १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा सबैभन्दा धेरै १५७ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूह १२० अंकले घटेको छ भने विकास बैंक समूह १०० अंकले घटेको छ ।



यस्तै, होटल र टुरिजम समूह ९० अंकले घट्दा लघुवित्त समूह ८० अंकले घटेको छ । यसैगरी, उत्पादनमूलक समूह ७१ अंक घट्दा जलविद्युत र वित्त समूह समान ५८/५८ अंकले घटेको छ । नेप्से परिसूचक उच्च अंकले घटेपनि आज बलेफि हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ बढेर ३६२ रुपैयाँ पुगेको छ ।

यस्तै, आज युनाइटेड आईडीआई मार्दि जलविद्युत कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ । आज कम्पनीको सेयर मूल्य ८० रुपैयाँले घटेर प्रतिकित्ता ७६९ रुपैयाँमा आइपुगेको छ । हिजो बुधबार नेप्से परिसूचक ६ अंकले घटेर २१ सय ८६ अंकमा आएर रोकिएको थियो । त्यसक्रममा हिजो ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय