अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ श्रावण १९, बिहीबार ११:२९ बजे

काठमाडौं । राजस्व छली गरी सुर्तीजन्य पदार्थको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानीलकण्ठ बस्ने सिन्धुलीको तीन पाटनका ५६ वर्षीय पोष्टराज,ललितपुर महानगरपालिका ३ बस्ने मोरङ विराटनगर घर भएका ४५ वर्षीय ५३ को सुरेश पोखरेल, काठमाडौंको कुलेश्वर बस्ने सर्लाही घर भएका दिनेश चौधरी र काठमाडौंको सिनामंगल घर भएका अरबिन्द अग्रवाल रहेका छन् ।



महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २० हजार २ सय केजी कच्चा सुर्ती र आठ हजार केजी तयारी सुर्ती बरामद गरेको हो । उनीहरुले भारतबाट राजस्व छली ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरविन्द अग्रवाल र सुरेश पोखरेलले संचालन गरेको न्यू शुभ लक्ष्मी मुर्ती उद्योग र अन्य दुई कार्यालयबाट उक्त सुर्ती बरामद गरेको हो ।

उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने सुचनाको आधारमा चारै जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय