काठमाडौं । शुक्रबार सेयर बजार कारोबार फेरि बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से शुक्रबारको सेयर बजार छिट्टै बन्द गरिने नेपाल स्टक एक्सचेञ्ज ले जनाएको हो ।
सरकारले गत जेठमा सातामा दुई दिन शनिबार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार खुल्ने समय आइतबारको साटो शुक्रबार सारिएको थियो ।
तर, आइतवारको बिदा पुन कटौती भएसँगै अब सेयर कारोबारलाई पनि ५ दिन कायम हुने भएको हो । गत असार ३ गते यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ ।
प्रतिक्रिया!