अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण १९, बिहीबार १३:१४ बजे

बिरगंज, १९ साउन । भारत रक्सौलको मझौलियास्थित एक आर्केस्ट्राबाट नेपाली नाबालिकको उद्धार गरिएको छ । चलचित्रमा अभिनय गरएर नाम र दाम दुवै कमाउने प्रलोभन दिएर आर्केस्ट्रामा लगिएकी बालिकाको उद्धार गरिएको हो ।

बालिकालाई धेरै खोज्दा पनि नभेटिएपछि हराएको भन्दै उनका अभिभावकले नेपाल प्रहरीलाई खोजीदिन आग्रह गरेका थिए ।

नेपालदेखि भारतमा पनि धेरै ठाउँमा सोधखोज गर्दा पनि नभेटिएपछि बालिकाकी आमाले मानव बेचबिखन विरोधी एकाई ९एएचटियु० क्षेत्रिय सदरमुकाम रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्मालाई दुखेसो सुनाएकी थिइन् ।

प्रहरी निरीक्षक शर्माले बालिकालाई बेतिया नजिकैको माझोलियास्थित आर्केस्टामा राखिएको जानकारी पाएपछि अनुसन्धान शुरु गरेका हुन् ।

राष्ट्रिय बालअधिकार संरक्षण आयोग दिल्ली, मिशन मुक्ति फाउण्डेशन, बाल कल्याण समिति, चाइल्ड लाइन बेतिया, बेतिया महिला थाना प्रहरी, मझौलिया प्रहरी चौकीको सहकार्यमा अर्कारेस्ट्रामा छापामारी गरी बालिकाको उद्धार गरिएको प्रहरी निरीक्षक शर्माले जनकारी दिए ।

उनका अनुसार सोही आर्केस्ट्राबाट १ जनालाइ पक्राउसमेत गरिएको छ ।दिल्लीबाट महत्वपूर्ण बैठकका लागि आएका राष्ट्रिय बालअधिकार संरक्षण आयोग दिल्लीका वरिष्ठ सल्लाहकार परेश शाह पनि सहभागी भएका थिए ।

अख्तियार क्षेत्रीय मुख्यालयका इन्स्पेक्टर मनोजकुमार शर्मा र मिशन मुक्ति फाउन्डेसनका निर्देशक वीरेन्द्रकुमार सिंहले आर्केस्ट्रामा हुने मानव बेचबिखनका घटना अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाल कल्याण समिति बेतियाका अध्यक्ष आदित्यकुमार यादव, मिशन मुक्ति फाउन्डेशनका निर्देशकक बीरेन्द्र सिंह, चाइल्ड लाइन बेट्टियाबाट विलियम अल्फ्रेड र रेखा देवी, एनजीओ अपरच्युनिटी नेपालका सत्यनारायण यादव, बेतिया महिला प्रहरी चौकीकी इन्स्पेक्टर राणा रणविजय सहितका सुरक्षाकर्र्मीको उपस्थितीमा बालिकाको उद्धार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय