अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण १९, बिहीबार १५:०६ बजे

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको कस्मेटिक सामान बनाउने कारखानामा प्रहरीले छापा मारेको छ ।

बुधबार नयाँ बस्तीसर्बेश्‍वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रा.लि. नामको कारखानामा प्रहरीले छापा मारेको हो ।



नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने गरेको भन्ने सूचना प्राप्‍त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी बृत्त बौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट संयुक्तरुपमा खटिएको टोलीले कारखानामा प्रहरीले छापा मारेको हो ।

उक्त कस्मेटिक्स प्रा.लिबाट बिभिन्न कम्पनिका सौन्दर्य प्रसाधनका सामाग्रीहरू, नक्कलीरुपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त सामाग्रीहरू करोडौंको मूल्य बराबरको हुन सक्ने अनुमान गरिएको छ ।

कारखानामा छापामारी पश्‍चात बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागद्वारा थप अनुसन्धानका लागि कारखाना सिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय