चिनियाँ राष्ट्रपति सीलाई जेलेन्स्कीको आग्रह : रुसलाई युद्ध रोक्नका लागि सहयोग गरिदिनोस्



एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि पहल गरिदिन चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आह्वान गरेका छन् ।

जेलेन्स्कीले हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टलाई अन्तर्वार्ता दिँदै फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि नै राष्ट्रपति सीसँग संवादका लागि आफूले प्रयास गरिरहेको बताए ।



तर, अहिलेसम्म त्यो मौका प्राप्त नभएको उनले बताएका छन् । बेइजिङले आफ्नो राजनीतिक र आर्थिक प्रभावको उपयोग गरेर रुसलाई युद्ध रोक्नका लागि मनाउनुपर्ने उनले बताए ।

‘यो एउटा धेरै शक्तिशाली राज्य हो । यो एक शक्तिशाली अर्थतन्त्र हो । तसर्थ, रसियालाई राजनीतिक, आर्थिक रूपमा प्रभाव पार्न सक्छ । चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको एक स्थायी सदस्य पनि हो’, जेलेन्स्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


ताजा समाचार

सम्बन्धित खबर