अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण २०, शुक्रबार ०१:२६ बजे

चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । बिहीबार राति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ । तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।



पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मङ्गलवार फेरि पहिरो खसेको थियो ।

बुधवार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदोमाटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय