अमेरिकाले भन्यो – चीनको सैन्य अभ्यासलाई नजिकबाट नियालिरहेका छौँ



काठमाडौं । अमेरिकाले चीनको सैन्य अभ्यासलाई नजिकबाट नियालिरहेको बताएको छ ।

रणनीतिक सञ्चारका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले जापान नजिक चिनियाँ सैन्य अभ्यासलाई ‘धेरै नजिकबाट’ नियालिरहेको बताएका हुन् ।



बिहीबार एमएसएनबीसीसँगको एक अन्तरवार्तामा किर्बीले यो आफूहरूका लागि मात्र नभएर ताइवानका जनता र आफ्ना सहयोगीहरूविशेषगरी जापानका लागि सम्बन्धित रहेको बताए ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानमा भएको विवादस्पद भ्रमणपछि हालैका दिनहरूमा चीनले ताइवान नजिकै आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज