सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडबारे छलफल हुने



काठमाडौं । सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सरकारले चुनाव घोषणा गरेपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुने बताइएको छ ।



यसअघि सरकारले बिहीबार आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ।स्थानीय निर्वाचनमा पनि तालमेल गरेको सत्ता गठबन्धनले आउँदो निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

तर सिट बाँडफाँडको खाका भने तयार भइसकेको छैन । कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी गठबन्धन दलहरूसँग तालमेल गर्ने केन्द्रीय समिति बैठकबाट औपचारिक निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज