नेदरल्यान्डविरुद्धको पहिलो टी–२० मा न्यूजिल्यान्ड १६ रनले विजयी



एजेन्सी । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्ड १६ रनले विजयी भएको हो ।

जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर ३ बलमा १ सय ३२ रनमा अलआउट भयो । उसका बास डे लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।



न्युजिल्यान्डका ब्लेयर मार्शल टिकनरले ४ तथा बेन्जामिन भिन्सेन्ट सियर्सले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । उसका मार्टिन गुप्टीलले सर्वाधिक ४५ रन जोडे ।

नेदरल्यान्डका लोगान वर्जुस र सरिज अहमदले २/२ विकेट लिए । यो जितसँगै न्यूजिल्याण्डले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल शुक्रबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज