
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टीबीच एकता हुने भएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
शुक्रबार विहान बसेको बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ ।
साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
प्रतिक्रिया!