२०७९ श्रावण २०, शुक्रबार ०४:२२ बजे

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।



लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक(पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय