नेपाल प्रहरीमा एक एआईजी पद खाली



काठमाडौं । आईजीपी विरुद्धको मुद्धा हारेका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको अवकाश सँगै नेपाल प्रहरीमा एकजना एआईजीको दरबन्दी रिक्त भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि पोखरेलले अनिवार्य अवकाश पाएका हुन् ।



आईजीपी नियुक्ती बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पोखरेल वैशाख १९ बाट प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् ।

उनले दायर गरेको रिट सर्वोच्च अदाललते असार ३१ मा खारेज गरेको थियो ।पोखरेलले साउन २ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । तर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राजीनामा अघि बढाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज