दुई दिनमा १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य दुई दिनमा नै १५०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।



अघिल्लो दिन तोलामा ८०० रुपैयाँले बढेको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ७०० रुपैयाँले नै बढ्दै ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिन स्थिर रहेकोमा आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज