सरकारका प्रवक्ता कार्की भन्छन् – चुनाव घोषणाबारे परामर्श गर्न ओलीलाई फोन गर्दा लागेन



काठमाडौं । चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता नगरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकअघि चुनावको मिति घोषणाबारे परामर्श गर्न एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीलाई फोन गरेपनि सम्पर्क हुन नसकेको कार्कीले बताए ।



सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिपक्षीलाई बेवास्ता गरिएको भनिनु गलत भएको बताए ।

एमालेका केही नेताहरुले चुनावको घोषणा गर्दा सरकारले प्रतिपक्षसँग परामर्श नगरेको गुनासो गरेपछि उनले यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज