
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।
गठबन्धनले सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदल बनाएको हो ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।
प्रतिक्रिया!