काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्याएका छन्।
मन्त्री खाँणले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन्।
उनीहरुबीच शुक्रबार गृहमन्त्रालयमा भेटवार्ता भएको थियो।
भेटमा राजदूत यान्छीले हालै अमेरिकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणको स्मरण गराउँदै नेपाल
एक चीन नीतिमा प्रतिवद्ध हुनेमा आफू विश्वस्त रहेको गृहमन्त्री खाँणलाई सुनाएको स्रोतले बताएको छ।
प्रतिक्रिया!