राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो



काठमाडौं । खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ ।

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्ब २५ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।



आर्थिक वर्ष २०७७/७८ मा तीन अर्ब ७९ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आवमा ३७.३८ प्रतिशतले नाफा बढाएको हो ।

गत आवमा खुद ब्याज आम्दानी १७.२९ प्रतिशतले वृद्धि भएर ९ अर्ब ६६ करोड ९३ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन ६८ करोड १८ लाख राइटब्याक गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज