अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७९ श्रावण २०, शुक्रबार ०७:५९ बजे

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४.८५ अंक (१.६२ प्रतिशत) ले गिरावट भएर २११३.३० अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो ।



जसमध्ये शिवम् सिमेन्टको १५ करोड ६६ लाख २९ हजार र नबिल बैंकको १४ करोड १४ लाख १४ हजारको कारोबार भएको छ । बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २१ कम्पनीको सेयरमूल्य बढेको छ ।

त्यस्तै एक कम्पनीको सेयरमूल्य भने स्थिर छ । कारोबारमा आएकामध्ये जोशी हाइड्रोपावरको सेयरमूल्य ५.९१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ३.९४ प्रतिशतले वृद्धि भएको छ ।

यता मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले गिरावट हुँदा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य ६.४२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय