पक्राउ पुर्जीको विरोधमा वैद्य बास्तोलासहित ६ दलको विज्ञप्ति, फासिवादी चरित्र देखाएको आरोप



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली सहितका नेतालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति ६ दलले विरोध जनाएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ दलले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको आरोप लगाउँदै फासिवादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् ।



मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसहित ६ दलले सरकारको कदमप्रति ध्यानाकषर्ण भएको समेत जनाएका छन् ।

सरकारले तीन बुँदे सहमति कार्यन्वयन गरी बन्दी रिहा र मुद्दा फिर्ता गर्नु समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज