देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नुपर्छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताए ।

‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’



अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतीमा लगेको भन्दै ओलीले उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताए । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने उनले दोहोर्‍याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज