काठमाडौँ । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन् ।
उनले वर्किङ भिसामा क्यानडा पठाइदिन्छु भन्दै रत्न बहादुर तामाङ बाट ७ लाख रुपैयाँ लिएर फरार भएकी थिइन् ।
उनलाई शुक्रबार गोकर्णेश्वरबाट पक्राउ गरि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया!