अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७९ श्रावण २०, शुक्रबार १०:०७ बजे

एजेन्सी । अहिलेको प्रतिस्पर्धाको युगमा आफ्नो क्षमता अनुसारको तथा पर्याप्त तलबभत्ता भएको जागिर पाउन निकै मुस्किल छ । तर सबैतिर कहाँ त्यस्तो छ र ? एउटा कम्पनीले चाहिँ गज्जबको जागिर खुलाएको छ । उक्त जागिरमा तपाईले केवल चकलेट चाखिदिने काम गर्नुपर्नेछ र त्यसबापत करीब १ करोड रुपैयाँ तलब पाउनुहुनेछ ।

एउटा चकलेट कम्पनीले सोसल मिडियामा प्रकाशित गरेको एउटा विज्ञापनले अहिले राम्रै चर्चा पाइरहेको छ । उक्त कम्पनीले यस्ता कर्मचारीको खोजी गरेको छ जसले कम्पनीबाट उत्पादित चकलेटहरु चाखिदिउन् । त्यबापत उनले वार्षिक १ लाख क्यानेडियन डलर अर्थात् करीब साढे ९८ लाख रुपैयाँ बराबरको तलब पाउनेछन्।



क्यानडास्थित क्यान्डी फनहाउस नामक उक्त कम्पनीले एकजना चिफ क्यान्डी अफिसरको पदका लागि विज्ञापन खुलाएको हो । वास्तवमा गुलियो मन पराउनेका लागि यो भन्दा राम्रो जागिर के हुनसक्ला ? उक्त अधिकृतको काम केवल क्यान्डी चाखेर त्यसको स्वाद तथा गुणस्तरका बारेमा टिप्पणी गर्नु हुनेछ ।

अनलाइन रिटेलर कम्पनी क्यान्डी फनहाउसले चकलेट बार देखि क्यान्डी लगायतका चिजहरु बेच्दछ । आफुले बिक्रि गर्ने चकलेट तथा क्यान्डीहरु चाखेर त्यसको स्वाद तथा गुणस्तरका बारेमा यथार्थ समीक्षा दिने कर्मचारीको खोजी कम्पनीले गरेको छ ।

रोचक त के भने प्रमुख क्यान्डी अधिकृत पदमा आवेदन गर्न बालिग हुनुपदैन । यसका लागि ५ वर्ष उमेर पुगेका जो कोही बच्चाले पनि आवेदन गर्न सक्दछन् । क्यान्डी फनहाउसका सिइओ जमिल हेजाजीका अनुसार क्यान्डी अफिसरले एक दिनमा केवल १ सय १७ वटा क्यान्डी तथा चकलेट चाख्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय