२०७९ श्रावण २०, शुक्रबार १०:२३ बजे

वीरगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नेत्री रेणु यादवलाई कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ ।

वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् ।



जसअनुसार पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाएको हो ।

तर उनको नाम केन्द्रीय समितिमा भने कायम छ । ४६६ सदस्यीय केन्द्रीय समितिमा उनको नाम ३०१ नम्बरमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय