सरकारले भन्यो – केपी ओलीको गुप्तचरी गरेका छैनौं



काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए ।

तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे ।

गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको भन्दै उनले भने, ‘यस्तो भ्रममा कोही पनि नपर्न हुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज