२०७९ श्रावण २०, शुक्रबार १२:३२ बजे

काठमाडौं । निर्वाचन आयोगले ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना निकालेर ३१ साउनभित्र दर्ता हुन आह्वान गरेको हो ।

राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुने भएपनि निर्वाचन प्रयोजनका लागि हरेक पटकको निर्वाचनमा दर्ता हुनुपर्छ । आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ



आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । यस्तै दल दर्ताका लागि प्रतिनिधिसभाको छुट्टै अनि प्रदेशसभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ ।

आयोगले दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय