सात वर्षीया बालिका खोलामा मृत भेटिइन्



कैलाली । कैलालीमा एक बालिका खोलामा मृत फेला परेकी छन् ।

जिल्लाको को मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रवार खोलामा मृत फेला परेकी हुन् ।



बिहीवार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रवार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।

उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन् । उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज