प्रधानमन्त्री बन्न दिल्ली जानु पर्दैन, जनताको बीचमा हुनुपर्छ : नारायणमान बिजुक्छे




सत्तारूढ दलहरू जनताको विरुद्धमा गएको आरोप

कास्की । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली नभइ जनताको घरदैलौमा जानु पर्ने बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले नेपालको प्रधानमन्त्री नेपाली जनताले बनाउने बताउँदै दिल्ली धाउनु नपर्ने टिप्पणी गरेका हुन् ।



केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएकोतर्फ इङ्गित गदै नेता बिजुक्छेले नेपाली जनताको मन जितेर सरकार बनाउनुपर्ने बताए ।

उनले भने, ‘दिल्लीमा गएर सरकार बनाउन माग गर्ने हैन ।’ नेता बिजुक्छेले दलहरूले चुनावी घोषणापत्र विपरीतका पार्टीसँग गठबन्धन गरेर सरकार बनाउन नहुने बताए ।

यस्तै उनले अहिलेको सत्तारूढ दलहरू जनताको विरुद्धमा गएको आरोप लगाएका छन् । राजनीतिक पार्टीहरू चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज