२०७९ श्रावण २०, शुक्रबार १४:३८ बजे

रौतहट । रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेका छन।



उनीहरूले मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका–३ जिउताही टोलमा लागेको मेलामा उनीहरूले नक्कली नोट दिएर सामान खरिद गरेका थिए । उक्त मेलाका पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले पटेललाई पक्राउ गरी चेकजाँच गर्दा एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय