चितवनको शक्तिखोर क्षेत्रमा अति भारी वर्षा, सर्तकता अपनाउन अनुरोध



चितवन । चितवनको शक्तिखोर क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो तीन घन्टा शक्तिखोर आसपासका क्षेत्रमा अति भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।



विभागले शुक्रवार साँझ सामाजिक सञ्जालमा सूचना जारी गर्दै स–साना खोलामा आकस्मिक बहाव हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको छ ।

विभागको सूचनामा उल्लेख छ, ‘खयर खोला, लोडारी खोला लगायत रत्ननगर र आसपासका स–साना खोलामा आकस्मिक बहाव हुनसक्छ, राति १० बजेसम्म सतर्क रहौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज