गृहमन्त्री खाँणको निर्देशन – विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहनू



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद् जुनसुकै बेला आउन सक्ने भएकोले पूर्व सूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।



बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाँणले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरि संयन्त्र बनाउन पनि निर्देशन दिए ।

मनसुन जन्य विपद्ले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अबस्थालाई मध्य नजर गर्दै सबै निकायले आफुसंग भएका पूर्व सूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाँणले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज