चीनले अमेरिकी सभामुख पेलोसीमाथि लगायो प्रतिबन्ध



एजेन्सी । ताइवानको भ्रमण गरेको भन्दै चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध लगाएको छ ।

केहीदिन अगाडि पेलोसीले ताइवानको भ्रमण गरेकाले चीनले उनीसहित उनको परिवारका सदस्यमाथि प्रवेशमा प्रतिबन्ध लगाएको हो ।



पेलोसीको ताइवान भ्रमणसँगै चीन रुष्ट बनेको छ । उसले ताइवानी सीमाआसपासमा सैन्य अभ्यास पनि बढाउँदै आएको छ । चीनका विदेशमन्त्री वाङ यीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भएको छ । यसले चीनको सम्प्रुभता र क्षेत्रीय अखण्डतामाथि पनि क्षति पुगेको छ । अमेरिकाले ‘एक चीन नीति’ को उल्लंघनसमेत गरेको छ । साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई पनि क्षति पुर्‍याएको छ ।’

अमेरिकी सभामुख आफ्नो एसिया भ्रमणका क्रममा शुक्रबार ताइवान पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज