सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद ।



बिरगंज । सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिकाबाट भारी मात्रामा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गणका सशस्त्र प्रहरीको टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैयाबाट २४० किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो ।

विश्रामपुरको छपकैया स्थित श्री बाल निकेतन ईगलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई राखेको अवस्था उक्त परिमाणको लागू औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी सन्तोष कुमार बस्नेतले बताए । बरामद गरिएको लागू औषध आवश्यक कारवाहीको लागि पर्सा प्रहरीको जिम्मा लगाईएको सूचना अधिकारी बस्नेतले जानकारी गराए ।

बरामद गरिएको गाँजा तस्करहरुको समूहले छिमेकी जिल्लाबाट भित्रियाईएको थियो । समय अनुकुल अनुसार उक्त गाँजा भारतको तर्फ तस्करी गर्नको लागि भित्रियाईपनि भारत तर्फ लैजान नसकेपछि विश्रामपुरमा लुकाई छिपाई राखिएको थियो । सूचना अधिकारी बस्नेत अनुसार, तस्करीमा संलग्न व्यक्तिहरुको पनि पहिचान गर्ने काम भईरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश बहादुर ठाडा मगरले लागू औषध ओसार पसारमा पूर्ण प्रतिबन्ध लगाउँन निर्देशन जारी गरीसकेका छन । नेपाल भारत सीमा खुल्ला रहेको हुँदा तस्करहरु सक्रिय रहेको सूचना पाउने बित्तिकै डिआईजी ठाडा मगरले कडा निगरानी बढाएका छन ।

डिआईजी मगर मधेश प्रदेशका ८ वटै जिल्लाका प्रमुखहरुलाई रणनितिक परिचालनका लागि लागू औषध तस्करी लगायत अवैध कारोबार नियन्त्रण बिरुद्ध उभिन निर्देशन दिएका छन । डिआईजी ठाडाले तस्करहरु बिरुद्ध खरो उविन निर्देशन दिए पछि सीमा नाका देखि बजार सम्म निगरानी बढाए पछि पछिल्लो समय दैनिक जसो लागू औषध जस्ता गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी सकिृय देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज