२०७९ श्रावण २०, शुक्रबार १६:२७ बजे

काठमाडौं । भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो ।

शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो ।



भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।

जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ। बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले पराजित गरेको थियो । त्यसयता भारतले लगातार तीन जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय