एनआरएनको हित हुने गरी नागरिकता विधेयक ल्याइएको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापान पुगेर नागरिकता विधेयक एनआरएनको हितमा हुने गरी ल्याइएको बताएका छन् ।

शनिबार बिहान जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने समेत बताए ।



नेपाल र जापानको सम्बन्ध पुरानो भएको बताउँदै उनले नेपालको प्रमुख ‘डोनर कन्ट्रि’ जापान भएकोसमेत बताए। आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार गर्न थप सहयोग पुग्ने प्रचण्डको विश्वास छ।

प्रविधिको क्षेत्रमा अगाडि रहेकाले जापान सबैको निमित्त प्रेरणाको स्रोत भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज