जापान पुगेर प्रचण्डले भने – ‘आबेलाई भेट्ने धोको थियो, इच्छा पुरा भएन, दुःखी छु’



काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँका पूर्वप्रधानमन्त्री (दिवंगत) सिन्जो आबेसँग भेट्ने इच्छा पूरा नभएको भन्दै दुःख व्यक्त गरेका छन् ।

शनिबार विहान जापान पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले टोकियोमा सञ्चारकर्मी र प्रवासी नेपालीसँगको कुराकानीमा आबेलाई भेट्ने आफ्नो इच्छा भएपनि ‘दुर्भाग्यपूर्ण घटना’मा उनको निधन भएकाले त्यो पूरा हुन नसक्ने अवस्था सिर्जना भएको बताएका हुन् ।



यस्तै उनले जापानमा बस्ने नेपालीको लागि नेपालले के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताए । नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको भन्दै उनले जापान नेपालको प्रमुख ‘डोनर कन्ट्री’ भएकोसमेत स्मरण गरे।

आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने प्रचण्डले विश्वास लिएका छन् ।हाम्रो लागि जापान प्रेरणाको मुख्य स्रोत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज