एमाले नेता नेम्वाङको आरोप – गठबन्धन सरकार संसदीय मूल्य मान्यता अनुरुप चल्न सकेन



दाङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य मान्यता अनुरुप चल्न नसकेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले शनिबार घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले यस्तो बताएका हुन् ।



प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवारी पूर्वक प्रतिपक्ष भूमिका रहे पनि सत्ता पक्षले संसदीय मूल्य मान्यतालाई कुल्चिँदै अराजक बन्दै गइरहेको नेम्वाङले आरोप लगाए ।

नेता नेम्वाङले सत्ता गठबन्धनको यही प्रवृत्तिका कारण मुलुक अस्थिरता तर्फ उन्मुख बन्दै गइरहेको उनले बताए ।

गठबन्धन सरकारको यही कदमका कारण मुलुकको सत्ता समाल्न नेकपा एमालेको आवश्यकता महसुस जनताले गरेकाले अबको निर्वाचनमा गठबन्धन दलहरु परास्त गर्दै नेकपा एमाले उदय हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज