अफ्रिकन स्वाइन फिवरबाट काभ्रेपलाञ्चोकमा ६ सय बगुर मरे



काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् ।

अफ्रिकन स्वाइन फिवरले नगरको वडा नं ५स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्‍याएको हो ।



व्यावसायिक रुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त सङ्क्रमण पुष्टि भएको थियो ।

उक्त रोगका कारण नगरका तीन ठाउँका फार्ममा ६ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज