बारा । एक किलो ८० ग्राम चाँदीका गरगहनासहित बाराबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
बाराको विश्रामपुर गाउँपालिका-१ खेखरियाबाट भारततर्फ जाँदै गर्दा भारत मोतीहारी पूर्वी चम्पारण बिहारग्राम पञ्चायत हरपुर-८ का २९ वर्षीय मुकेश सोनार र २५ वर्षका अस्माराम सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको बी आर ०५ वाई ०१०१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरूले पाइन्टको खल्तीमा लुकाएर लाँदै गरेको चाँदीकोगहना बरामद गरिएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया!