२०७९ श्रावण २१, शनिबार १०:०५ बजे

काठमाडौं । इजरायलले घेराबन्दीमा रहेको गाजा पट्टीमा शुक्रबार इजरायली युद्धविमानले आक्रमण गर्दा इस्लामिक जिहाद समूहका कमाण्डर र एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

इस्लामिक जिहादको सैन्य शाखा अल–कुद्स ब्रिगेडका कमाण्डर तैसिर अल–जबारी गाजा शहरको मध्यभागमा रहेको प्यालेस्टाइन टावरको एउटा अपार्टमेन्टमा मारिएका थिए ।



सो टावरमा इजरायली युद्धविमानले आक्रमण गरेको समूहले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अल–जबारी र पाँच वर्षीया एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ ।

आक्रमणमा कम्तीमा ५५ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय