२०७९ श्रावण २१, शनिबार १०:५७ बजे

सुर्खेत। मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको विषयलाई लिएर शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आफन्तले आन्दोलन गरेका छन् ।

शुक्रबार दिउँसो रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले वीरेन्द्रनगर नगरपालिका-१२ कि ४३ वर्षकी बालकुमारी नेपालीलाई ठक्कर दिएको थियो ।

उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

मृतकका आफन्त र परिवारका सदस्यले क्षतिपूर्ति र ठक्कर दिने मोटरसाइकलका चालकलाई कारबाहीको माग गर्दै यातायात बन्द गराएका थिए ।

केहीबेर यातायातका साधन बन्द गर्न खोजे पनि सम्झाइबुझाई गरेपछि रोकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय