अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७९ श्रावण २१, शनिबार १२:५३ बजे

पूर्वी नवलपरासी । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले विद्यार्थीले पढाइ नसकेसम्म राजनीतिमा प्रवेश गर्न नहुने सुझाव दिएका छन् ।

यसपटकको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई गैंडाकोटमा शनिबार आयोजित सम्मान कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन् ।



विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा आफूले कांग्रेसका नेता बीपी कोइरालाबाट सिकेको उनको भनाइ थियो । ‘विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा मैले बीपी कोइरालाबाट सिकेको हो । पहिले पढ्ने अनि पढाइमा उत्कृष्ट बनेपछि मात्र राजनीतिमा लाग्नुपर्छ,’ कोइरालाले भने ।

विद्यालय राजनीति गर्ने ठाउँ नभएको भन्दै पहिला विद्यार्थीहरू पढाइमा दक्ष हुन जरुरी रहेको सुझाव दिए ।जसले जे काम गर्छ त्यसलाई उत्कृष्ट बनाउनुपर्ने दायित्व पनि उसैको हुने भन्दै विद्यार्थीहरूलाई उनले पढाइमा अब्बल हुनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय