२०७९ श्रावण २१, शनिबार १३:३० बजे

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव घट्दै जान थालेको छ ।

शनिवार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपराह्नबाट पानीको बहाव घट्न थालेको हो ।



शनिवार अपराह्नबाट पानीको बहाव घट्दै जान थालेको र अहिले खतरामुक्त अवस्थामा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार साँझ ५ बजे कोशी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ । कोशी ब्यारेज क्षेत्रभन्दा बराहक्षेत्रमा पानीको सतह अझै कम रहेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय