२०७९ श्रावण २१, शनिबार १४:२३ बजे


कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन

कास्की । नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक्लै पनि चुनाव लड्ने अवस्था आउने सक्ने बताएका छन् ।

शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गठबन्धनमा कांग्रेसले सम्मानपूर्वक सिट नदिए एक्लै चुनाव लड्ने अवस्था पनि आउन सक्ने बताएका हुन् ।



उनले एक्लै चुनाव लड्ने गरी तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । उनले चित्तबुझ्दो सिट बाँडफाँट भए गठबन्धनबाटै चुनाव लड्ने बताए ।

आफूहरूको माग कति सिट भन्ने विषयमा भने नेपाल बोलेनन् । उनले गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सिट भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय