काठमाडौं । इन्जिनियर अरुण भण्डारी नेपाल जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटीको अध्यक्षमा निर्वाचित भएका छन् ।
आफ्ना प्रतिद्वन्दी भानुभक्त भट्टलाई १ मतले पारजित गर्दै भण्डारीले अध्यक्षमा बाजी मारेका हुन् ।
भण्डारीले कूल १ सय ३१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी भट्टले १ सय ३० मत प्राप्त गरे ।
सोसाइटीको उपाध्यक्षमा रविन कार्की, सचिबमा सुनिल बोगटी, सह–सचिबमा ठाकुर लामिछाने र कोषाध्यक्षमा बिनिता शाही निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुजन सापकोटा, अस्मिता ढकाल, विवेक चन्द, रवि श्रेष्ठ, नरेश विष्ट, आशिष चालिसे, गोविन्द उपाध्याय र सौगातप्रताप सिंह कार्की रहेका छन् ।
प्रतिक्रिया!