जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित



काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनलाई भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो ।



विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् । भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ ।

धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज