
बिरगंज – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अबैध लागुऔषध गाजा सहित २ जना नेपालीलाई शनिबार नियन्त्रणमा लिएको छ ।
पनटोका र छपकैयालाई जोड्ने सिमानाकामा हवाई अड्डाबाट खटिएको सशस्त्र सिमा बल (एसएसबी) ले नेपालबाट भारततर्फ नेपाली प्लेट NXG रातो रंगको ना १ ए प २५०१ नम्बरको मोटरसाईकलमा आइरहेको ब्यक्तिहरु माथी सकसंका लागी चेकजाच गर्दा प्लाष्टिकले कमरमा बेरेर लुकाइ छिपाइ लगिरहेको ४ किलो लागु औषध गाजा बरामद गरेको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको एकटंगा मनवा बाजार थाना अन्तर्गत पर्ने बडेरवा गाउँ निवासी ४० वर्षिय परमेश्वर पंडित थारू र सोही ठाँउका १८ वर्षिय संभू साहनी रहेको एसएसबीका इन्स्पेक्टर रमेश यादवले जानकारी दिएका छन ।
सोधपुछ् गर्दा नेपालको पहाडी ईलाकाबाट लागुऔषध गाजा लुकाइ छिपाइ यसरी नै तस्करी गर्दै आएको र डिमांडका अनुसार रामगढ़वा, रक्सौल, तथा आस पास क्षेत्रमा मालको सप्लाई गर्दै आएको उनीहरुको ब्यान बाट खुलेको हो।
पक्राउ परेका दुबै जनालाई गाजा सहित आवस्यक कार्वाहीको लागी भारत बिहारका पूर्वी चंपारणको रक्सौल जिल्ला अन्तर्गत आउट पोस्ट – हरैया, थानालाई बुझाइएको इन्स्पेक्टर यादवले बताए ।