मेस्सी र नेयमार चम्किँदा पिएसजीको शानदार जित



एजेन्सी । फरवार्ड लिओनल मेसीको दुई गोल प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ ।

गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पीएसजी लेक्लेरमन्ट फुटलाई ५-० ले पराजित गरेको हो ।



पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।

खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो । जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज