अपडेट 
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत | समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघ पर्सा शाखा पनि तालाबन्दी | सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश | श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त ३० वर्षपछि पक्राउ | मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने |
२०७९ श्रावण २२, आईतवार ०१:४० बजे

एजेन्सी । युक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा शुक्रबार भएको आक्रमणका कारण ‘गम्भीर रूपमा क्षति’ पुगेको छ । आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्न परेको यूक्रेनी आणविक केन्द्रका अधिकारीले जनाएका छन् ।

यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर, दक्षिण यूक्रेनको जापोरिजझिया आणविक केन्द्रमा शुक्रबार भएको आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशनलाई ‘गम्भीर रूपमा क्षतिग्रस्त’ बनाएको यूक्रेनी एनर्गोएटमले टेलिग्राम सन्देश सेवामा जानकारी दिएको हो ।



यस आक्रमणको लागि कीभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका छन् । आक्रमणले विद्युत केबुललाई क्षति पुर्‍याएको छ भने यसका कारण एउटा रिएक्टरको सेवा बन्द गर्नुपरेको छ ।

घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्दले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय